ट्रोल बनेको दुर्गेशको ‘ग्रान्ड इन्ट्री’ « Khabarhub

ट्रोल बनेको दुर्गेशको ‘ग्रान्ड इन्ट्री’


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नाम होस् वा बदनाम होस् तर गुमनाम नहोस्’ वाला कलाकार हुन्– दुर्गेश । बेसुरा गाएको भन्दै उनको आलोचना हुन्छ ।

तर, उनी आफूलाई पर्फमरको परिचय दिन्छन् । फेरि गीतमा स्वर दिन छाड्दैनन् ।

नाच्ने कलाका उनीसँग छ । स्टेजमा उनको प्रस्तुती धमकेदार हुनेमा भने प्रश्न छैन । त्यसैले उनी कन्सर्टमा व्यस्त हुन्छन् ।

वैशाख ५ मा भक्तपुरको सल्लाघारीमा भएको कन्सर्टको प्रमुख आकर्षण उनलाई नै बनाइएको थियो । दुर्गेश नि के कम ग्रान्ड इन्ट्री हान्न तम्सिए ।

क्रेनमा झुन्डिएर उनी स्टेजमा पुगे । प्रायः विदेशी कलाकारहरू आफ्नो प्रवेश विशेष बनाउन यस्तो गर्ने गर्छन् । हुलियै कपी गर्ने दुर्गेशका लागि इन्ट्री कपी गर्नु नौलो होइन ।

उनी अहिले ग्रान्ड इन्ट्रीकै कारण ट्रोल बनेका छन् । क्रेनको सहयोगमा झुण्डिएर स्टेजमा ल्यान्ड गर्न तालमेल मिलेन । हावामै उनी यताउती हल्लिए । ल्यान्ड हुन पनि समय लाग्यो । क्रेन अपरेटरसँग उनको तालमेन मिलेन ।

ल्यान्डिङमा तालमेल नमिल्दा दर्शकहरूले उनलाई समाजिक सञ्जालमा उडाएका हुन् । हुन त कार्यक्रम स्थलमै पनि हाँसो फैलिएको थियो ।

नकारात्मक कमेन्ट पनि समाजिक सञ्जालमा प्रशस्त भेटिन्छ । केहीले कमेन्ट गरेका छन्, ‘झुन्डिएको कि ग्रान्ड इन्ट्री लिएको ?’

दुर्गेशले भने उक्त इन्ट्रीलाई प्रचार नै गरेका छन् । क्रेनमा झुण्डिएको फोटो फेसबुकै राखेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : २५ बजे

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री