अमेरिका-इरान युद्धसँगै चर्चामा आएका यी चार शब्द « Khabarhub

अमेरिका-इरान युद्धसँगै चर्चामा आएका यी चार शब्द


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानसँगको युद्धमा अमेरिकाले ठूलो मात्रामा टमहक क्रूज मिसाइल प्रयोग गरेको छ। यसलाई अमेरिकी हतियार भण्डारको महत्वपूर्ण हतियार मानिन्छ।

वाशिङ्टन पोस्टका अनुसार चार हप्तामा ८५० भन्दा बढी मिसाइल प्रहार गरिएको थियो। अनुमान अनुसार अमेरिकी नौसेनासँग करिब ४,००० टमहक मिसाइल थिए।

१८५ जना साना बालबालिकाको ज्यान जानेगरी इरानको दक्षिणस्थित विद्यालयमा अमेरिकाले यही मिसाइल हानेको खुलेको थियो ।

अमेरिकाले लगातार आक्रमण गर्दै जाँदा टमहक मिसाइलको करिब एक चौथाइ हिस्सा सकिएको अनुमान छ। यस विषयलाई लिएर रक्षा मन्त्रालयभित्र चिन्ता बढ्दै गएको छ।

करिब ३४ करोड रुपैयाँ पर्ने एउटा टमहक मिसाइल बनाउन झण्डै २ वर्ष लाग्न सक्छ। विज्ञहरूका अनुसार यो कमी पूर्ति गर्न धेरै वर्ष लाग्नेछ।

चार चर्चित शब्द

होर्मुज: होर्मुज स्ट्रेट इरान र ओमानको बीचमा पर्छ। यसको नामको उत्पत्तिबारे फरक–फरक धारणा छन् ।

तर प्रायः यसलाई जोरोएस्ट्रियन धर्मका प्रमुख देवता अहुरा मज्दासँग जोडिन्छ। यसको अर्थ ‘बुद्धिमान भगवान’ भन्ने हुन्छ।

शाहेद: यी इरानका सस्ता ड्रोन हुन्, जसलाई प्रायः कामिकाजे ड्रोन भनिन्छ। यिनले विस्फोटक बोकेर सिधै लक्ष्यमा ठोक्किने गर्छन्। यिनको मुख्य विशेषता सस्तो र सजिलो प्रविधिबाट बन्नु हो, जसका कारण ठूलो संख्यामा उत्पादन गर्न सकिन्छ।

टमहक : सुरुमा टमहक उत्तर अमेरिकाका आदिवासीहरूले प्रयोग गर्ने एक प्रकारको बन्चरो थियो। अहिले सैन्य भाषामा यो अमेरिकाको लामो दूरीसम्म प्रहार गर्न सक्ने क्रुज मिसाइलको नाम हो, जुन सबै मौसममा प्रयोग गर्न सकिन्छ।

अयातुल्लाह: यो शिया इस्लाममा उच्च धार्मिक पदमध्ये एक हो। यो उपाधि त्यस्ता विद्वानलाई दिइन्छ, जसलाई इस्लामी कानुन, धर्म र शिक्षामा गहिरो ज्ञान हुन्छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : ०८ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा