अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू) « Khabarhub

अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा अमेरिका–इरानबीच शान्ति वार्ता असफल भएपछि अर्को वार्ता हुन लागेको हो ।

अमेरिका र इरानबीच २२ अप्रिलमा युद्धविराम सकिँदै छ। यसअघि इरानले पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको थियो।

इरानले अमेरिकामाथि अत्यधिक माग, अव्यवहारिक सर्त, बारम्बार अडान परिवर्तन र विरोधाभासी अभिव्यक्तिले वार्तामा अवरोध सिर्जना गरेको आरोप लगाएको छ। यसका साथै, अमेरिकाले झूटो प्रचार गरेको पनि इरानको भनाइ छ।

इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै अमेरिकाको धम्कीपूर्ण भाषाले अवस्था झन् बिग्रिएको जनाएको छ। यी परिस्थितिमा वार्ता हुने सम्भावना निकै कम रहेको उल्लेख गरिएको छ।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोगद्दमले पनि अमेरिकाको आलोचना गरेका छन्। उनले भनेका छन् कि एकातर्फ अमेरिका अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै नाकाबन्दी जारी राख्छ र युद्धको धम्की दिन्छ, अर्कोतर्फ वार्ताको कुरा गर्नु उपयुक्त होइन।

इस्लामाबादमा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुने वा नहुने भन्ने विषयमा अझै अन्योल कायम छ। अमेरिकाले एउटा इरानी जहाज नियन्त्रणमा लिएपछि तेहरानले कडा प्रतिक्रिया जनाएको छ, जसका कारण अवस्था थप तनावपूर्ण बनेको छ।

राजधानीको ‘रेड जोन’ क्षेत्रमा कडा सुरक्षा तयारी गरिएको छ। यहाँ संसद, सर्वोच्च अदालत, ठूला सरकारी कार्यालय तथा विदेशी दूतावासहरू छन्। सम्भावित वार्तालाई ध्यानमा राख्दै सेरेना र म्यारियट नामका दुई ठूला होटल खाली गरिएका छन्।

सेरेना होटलमा पहिलो चरणको वार्ता (११–१२ अप्रिल) भएको थियो भने म्यारियट होटलमा इरानी प्रतिनिधिमण्डल बसेको थियो। अब यी दुवै होटललाई नयाँ चरणको वार्ताका लागि तयारी अवस्थामा राखिएको छ।

सुरक्षा व्यवस्थाका कारण सहरको यातायातमा पनि प्रभाव परेको छ। रेड जोनतर्फ जाने मुख्य सडकमा जामको अवस्था छ । विदेशी प्रतिनिधिमण्डलको आगमनलाई ध्यानमा राख्दै ट्राफिक डाइभर्सन लागू गरिएको छ।

सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। यसैबीच, रेड जोन क्षेत्रमा कार्यरत सबै सरकारी कर्मचारीलाई २० अप्रिलमा घरबाटै काम गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : ३४ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा