अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा « Khabarhub

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा परेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले आफ्नो देशका प्रतिनिधिले पाकिस्तानको भ्रमण नगर्ने बताएपछि शान्ति वार्ता अन्यौलमा परेको हो ।

यसअघि आइतबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वार्ताका लागि उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने पुष्टि गरेको थियो ।

अमेरिकाले ओमनको खाडीमा इरानको मालवाहक जहाजमाथि हमला गरेर नियन्त्रणमा लिएपछि इरान चिढिएको छ ।

इरानले यसलाई युद्धविरामको उल्लङ्घनको संज्ञा दिँदै रोष प्रकट गरेको छ । इरानी पक्षले अमेरिकी कदमलाई ‘समुद्री डकैती’ भन्दै आक्रोश पोखेको छ । पाकिस्तानलाई अमेरिकाले युद्धविरामको उल्लङ्घन गरेकोबारे जानकारी गराएको कतारी टेलिभिजन अल जजीराले उल्लेख गरेको छ ।

अन्यौलताबीच पाकिस्तानले दोस्रो चरणकोे शान्ति वार्ताको तयारी तीव्र पारेको छ । पाकिस्तानी अधिकारीहरुले भने दुई पक्षबीच शान्ति वार्ता हुनेमा आफूहरु ‘सावधानीपूर्वक आशावादी’ रहेको जनाएका छन् ।

यसअघि गत अप्रिल ११ मा पाकिस्तानको राजधानी इस्लामावादमा भएको पहिलो चरणको शान्ति वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो । शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले इरानमाथि समुद्री नाकाबन्दी लगाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ०१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ