अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा « Khabarhub

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा परेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले आफ्नो देशका प्रतिनिधिले पाकिस्तानको भ्रमण नगर्ने बताएपछि शान्ति वार्ता अन्यौलमा परेको हो ।

यसअघि आइतबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वार्ताका लागि उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने पुष्टि गरेको थियो ।

अमेरिकाले ओमनको खाडीमा इरानको मालवाहक जहाजमाथि हमला गरेर नियन्त्रणमा लिएपछि इरान चिढिएको छ ।

इरानले यसलाई युद्धविरामको उल्लङ्घनको संज्ञा दिँदै रोष प्रकट गरेको छ । इरानी पक्षले अमेरिकी कदमलाई ‘समुद्री डकैती’ भन्दै आक्रोश पोखेको छ । पाकिस्तानलाई अमेरिकाले युद्धविरामको उल्लङ्घन गरेकोबारे जानकारी गराएको कतारी टेलिभिजन अल जजीराले उल्लेख गरेको छ ।

अन्यौलताबीच पाकिस्तानले दोस्रो चरणकोे शान्ति वार्ताको तयारी तीव्र पारेको छ । पाकिस्तानी अधिकारीहरुले भने दुई पक्षबीच शान्ति वार्ता हुनेमा आफूहरु ‘सावधानीपूर्वक आशावादी’ रहेको जनाएका छन् ।

यसअघि गत अप्रिल ११ मा पाकिस्तानको राजधानी इस्लामावादमा भएको पहिलो चरणको शान्ति वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो । शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले इरानमाथि समुद्री नाकाबन्दी लगाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको