रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठक अहिले पौने ४ बजेदेखि सुरू भएको हो । बैठकमा सभापति रवि लामिछाने उपस्थित हुँदा वरिष्ठ नेता वालेन्द्र शाह सहभागी छैनन्।

यस बैठकले संघीय सरकारको मन्त्री बनेकाहरूको ठाउँमा नयाँ पार्टी जिम्मेवारी तोक्न लागेको छ। बालेन काठमाडौंमा मेयर हुँदा सहयोगी रहेका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी भएको छ ।

उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई भनेको छ ।

यसअघि आइतबार बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवम् ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । यस बैठकले सचिवालयका प्रस्ताव अनुमोदन गर्ने छ ।  

आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ४ : २९ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा