९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात « Khabarhub

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब बराबरको वस्तु आयात भएको छ भने निर्यात पनि १८ प्रतिशत बढीले बढेको छ । 

भन्सार विभागका अनुसार चैत मसान्तसम्म नेपालमा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जुन आयात गत आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सो अवधिमा नेपालमा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, सो अवधिसम्म नेपालबाट २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात गत आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

एक खर्ब बढीको डिजेल र ९६ अर्बको कच्चा सोयाबिन तेल आयात

विभागका अनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । सो अवधिमा १ खर्ब ३ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँको डिजेल आयात भएको हो ।

त्यस्तै, सो अवधिमा ९६ अर्ब ७२ करोड २९ लाख २६ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ र ५० अर्ब ३९ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको पेट्रोल र ४१ अर्ब ६४ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ४ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको