यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट « Khabarhub

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको २ ओभर ३ बलमा नेपालका अर्जन साउद आउट भए । जुनैद सिद्दिकको बलमा उनी बोल्ड भएका हुन् ।

आउट हुनुअघि उनले ११ बलमा १३ रन जोडे । यस क्रममा उनले तीन चौका प्रहार गरे ।

आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।

युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : १७ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव