गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी « Khabarhub

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । 

आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यस विपरीत काम गर्ने दुई जनालाई  जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताए । 

निजहरूले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैर कानुनी अभ्यास गरेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।  

संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै काम गर्न नपाउने भनी लेखिदिएको भन्दै विरोध भएको थियो । सोही विषयमा छानबिनका लागि यही वैशाख ३ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको