एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता « Khabarhub

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ ।

एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भ पतनसमेत गराएको अभियोगमा उनलाई गर्भ संरक्षणविरुद्धको पनि अभियोग लागेको छ ।

कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका–१० धैनकोट घर भएका मल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गदै आएका थिए ।

५२ वर्षीय मल्लविरुद्ध पीडित भनिएकी महिलाको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

०८० भदौ १२ मा एकछिन भेटौँ भनेर बोलाएका मल्लले खाजा खाएकै होटलको कोठामा आफूलाई जबरजस्ती करणी गरेको महिलाको आरोप छ ।

उनले त्यसयता दुई वर्षसम्म निरन्तर जबरजस्ती करणी गरेको उनको दाबी छ । निरन्तरको यौन सम्पर्कका क्रममा पेटमा गर्भ बसेपछि मल्लले ०८२ असार २ गते गर्भपतन गर्न लगाएपछि आफू मानसिक तनावमा परेको उनको भनाइ छ ।

अधिकार प्राप्त अधिकारीसँगको बयानमा ती महिलाले मल्लले उजुरी गरे ज्यान मार्नेसम्मको धम्कीसमेत दिएको बताएकी छिन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : ०२ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा