म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग « Khabarhub

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताए ।

‘उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ’, उनले भने । बर्खामा झाडीमा भिज्दै हिँड्नुपर्ने समस्या हटेको र सर्पले टोक्ने जोखिम घटेको पुनले बताए ।

पदमार्ग बनेपछि बिम र डाँडागाउँमा २०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०–८१ देखि सुरु भएको पदमार्ग निर्माणकार्यलाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो ।

पहिलो वर्ष पूर्वाधार विकास कार्यालयमार्फत विनियोजन भएको ३० लाख बजेटबाट बिम तल्लोगाउँमा ४२५ र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण भएको थियो । आव २०८१–८२ मा १० लाख बजेटबाट तल्लो गाउँमा २९० मिटर नाली र त्यसमाथि पक्की पदमार्ग बनाइएको एकीकृत सेवा कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको १० लाख बजेटबाट डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण भएको छ । तेर्सोमा ढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ । एक दशमलव १० देखि एक दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिने डाँडागाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताए ।

माटे पदमार्गमा वर्षा हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको तल्लोगाउँका धनकुमार जुग्जालीले बताए । तल्लोगाउँमा पदमार्ग निर्माणका लागि चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको पाँच लाख बजेट भने इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ ।

बिम र डाँडागाउँ धार्मिक पर्यटकीयस्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट विनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका जुग्जालीले स्तरोन्नतिका क्रममा रहेको खारा–बिम सडक स्तरोन्नति योजनामार्फत तल्लोगाउँ र डाँडागाउँ बस्तीभित्रको सडक कालोपत्र हुने जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ८ : २९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग