विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड « Khabarhub

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका र स्कटल्यान्ड भिड्दै छन् । अमेरिका र स्कटल्यान्डको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुँदैछ ।

२६ खेल खेलेको अमेरिका ३६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने ३१ खेल खेलेको स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा छ । उपाधि होडमा रहेका अमेरिका र स्कटल्यान्ड दुवै देशका लागि आजको खेल महत्त्वपूर्ण छ ।

यस खेलमा स्कटल्याण्डले जित्दा तल्लो स्थानमा रहेका क्यानडा, नेपाल, नामिबिया, यूएईलगायत टिमलाई राहत हुनसक्छ।

३८ अंक जोडिसकेको स्कटल्याण्ड शीर्ष चारमा पर्ने पक्का छ। उसले अब लिग–२ मा पाँच खेल खेल्न बाँकी छ। २६ खेल खेलेको अमेरिकाले भने अझै १० खेल खेल्न बाँकी छ।

२७ खेल खेलेको नेपालको भने २२ अंक मात्र छ । नेपाल अहिले पाँचौं स्थानमा छ । अर्को खेलमा नेपालले त्रिवि मैदानमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा अमेरिकाविरुद्ध लगातार जित निकाल्दै नेपाल दुई अंक जोड्ने दाउमा छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ८ : ४१ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक