कान्स स्टल विवादमा हस्ताक्षरबिनाको विज्ञप्तिबाट बोल्यो विकास बोर्ड « Khabarhub

कान्स स्टल विवादमा हस्ताक्षरबिनाको विज्ञप्तिबाट बोल्यो विकास बोर्ड


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स फिल्म फेस्टिभलको स्टल विवादमा चलचित्र विकास बोर्डले स्पष्टीकरण दिएको छ ।

कान्समा नेपालको तर्फबाट बोर्डले राखेको स्टलमा उक्त फेस्टिभलमा आधिकारिक छानिएको फिल्म ‘एलिफेन्ट इन द फग’को पोस्टर समावेश नभएको पाइएपछि सामाजिक सञ्जालमा चलचित्रकर्मीले विभिन्न टिप्पणी गरेका थिए ।

आधिकारिक रुपमा चयन भएको फिल्म पोस्टरलाई बोर्डले समावेश नगर्नुलाई धेरैले लज्जाको विषय मानेका छन् ।

अझ नायक प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो’ले स्टलको अधिकांश भाग पाएकोमा उनीहरू झन् रुष्ट छन् ।

कान्समा नेपालको प्रतिनिधित्वका लागि बोर्डले ‘एक्लो’ निर्माण कम्पनीले ‘शाही प्रोडक्सन’सँग सहकार्य गरेको छ । बोर्डका अनुसार बेलायतमा रहेको उक्त कम्पनी स्थानीय साझेदार हो ।

त्यही कम्पनीले बनाएको फिल्मको पोस्टर स्टलमा हाबी भएपछि चलचित्रकर्मीहरू रुष्ट बनेका हुन् । तथापि स्टलमा यस संस्कारणमा चयन भएको ‘इलिफेन्ट इन फग’बाहेक अन्यक करिब एक दर्जन फिल्मको पोस्टर छन् ।

बोर्ड उक्त फिल्मको पोस्टर स्टलमा समावेश नहुनुको कारण प्रचार सामाग्री पूर्णरुपमा उपलब्ध नभएको बताएको छ ।

स्टालको ६० प्रतिशत स्थान ‘एलिफेन्ट इन द फग’ दिने गरी निर्माण पक्षसँग छलफलसमेत भएको बोर्डको दाबी छ । निर्माण पक्षले आवश्यक सहजीकरण नगर्दा यो अवस्था सिर्जना भएको बोर्डको आशय छ ।

‘एक्लो’को पोस्टर हाबी हुनको कारण पनि बोर्डले खुलाएको छ ।

बोर्डले भनेको छ, ‘बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनलाई बोर्डको स्थानीय साझेदारका रुपमा उक्त प्रोडक्सनकै खर्चमा ५ जनाको समूहसहित २ सिफ्टमा १५ दिनको स्टल व्यवस्थापन गर्ने गरी स्टालको स्थानीय व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको हो ।’

यसबारेको स्पष्टीकरण दिन जारी गरिएको विज्ञप्तिमा कुनै पदाधिकारीको हस्ताक्षर छैन ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १२ : ०९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था