सुर्खेत रोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी « Khabarhub

सुर्खेत रोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेत रोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ ।

उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ। 

अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ । हिजो भद्रगोल क्षेत्र अहिले सफा, व्यवस्थित र चिटिक्क देखिएको छ ।

सुर्खेतरोडको पश्चिमतर्फको नालादेखि सात फिटसम्मको अतिक्रमित फुटपाथ क्षेत्र खाली गराएर नयाँ निर्माण गरिएको हो । यो सडकपेटी निर्माण केवल हिँड्नका लागि मात्रै नभई सहरको दीर्घकालीन सौन्दर्य र सबै नागरिकको पहुँचलाई ध्यानमा राखेर डिजाइन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए।

‘हामीले सडकपेटीलाई सात फिट फराकिलो बनाएका छौँ’, नगर प्रमुख विष्टले भने, ‘यो फुटपाथ आम पैदलयात्रीका लागि मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरू सहजै आवतजावत गर्न सक्नेगरी अपाङ्गमैत्री बनाइएको छ । यसलाई हरियालीयुक्त बनाउन वृक्षरोपणको काम पनि भइरहेको छ ।’

उपमहानगरपालिकाको यो अभियान धम्बोझीमै रोकिने छैन । धम्बोझीबाट अगाडि बढेर पुष्पलाल चोकसम्मै सडकपेटी निर्माण गर्ने, पैदलयात्रीलाई सहज बनाउने र सडक किनारमा वृक्षरोपण गरी हरियाली कायम गर्ने योजना स्थानीय सरकारको छ । 

वर्षौँदेखिको गहिरो गरी गडेको अतिक्रमण हटाउन उपमहानगरपालिकाले दृढता देखाउँदै डोजरसमेत प्रयोग गर्नुपरेको थियो, जसको परिणाम अहिले सडकमा प्रस्ट देखिन थालेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

स्थानीय सरकारको यो कदमबाट नेपालगञ्जका बासिन्दा तथा नागरिक समाज निकै उत्साहित देखिएका छन् । सडकपेटी व्यवस्थित भएसँगै बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम घट्ने र सहरी सौन्दर्यता बढ्ने उनीहरूको विश्वास छ ।

‘सडकपेटी निर्माणले पैदलयात्रीलाई आवागमनमा निकै सहजता थपेको छ । यसले सहरको सौन्दर्यता समेत ह्वात्तै बढाएको छ’, नेपालगञ्जका नागरिक अगुवा तेजबिक्रम शाहले भने, ‘यो अभियानलाई अझै विस्तार गर्न आवश्यक छ । मुख्य सडक सुर्खेतरोडको दुवैतर्फ यसै गरी व्यवस्थित सडकपेटी निर्माण हुनेछ, तब नेपालगञ्जको मुहारमै ठूलो परिवर्तन आउनेछ ।’

अतिक्रमण हटाएर फुटपाथलाई नागरिकको अधिकारका रूपमा फिर्ता गराउने नेपालगञ्ज उपमहानगरपालिकाको यो प्रयास उदाहरणीय रहेको उल्लेख गर्दै शाहले अब निर्माण गरेको सडकपेटीलाई सधैँका लागि अतिक्रमणमुक्त राख्नु र हरियालीको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

कुनै समय नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडको किनारैकिनार हिँड्ने पैदलयात्रीहरू सधैँ त्रसित हुन्थे । सडकपेटी (फुटपाथ) त थियो, तर त्यहाँ न मानिस हिँड्ने ठाउँ थियो, न त सहज रूपमा पाइला टेक्न नै मिल्थ्यो । व्यापारीका सामान, ठेलागाडा र अवैध रूपमा ठडिएका भौतिक संरचनाले फुटपाथ पूर्णरूपमा कब्जामा थियो । पैदलयात्रीहरू बाध्य भएर गुडिरहेका गाडीकै बीचबाट जोखिमपूर्ण रूपमा मूल सडकमा हिँड्नुपथ्र्यो ।

अहिले नेपालगञ्जको यो परिदृश्य बदलिएको छ । सडक किनारका अवैध संरचनामाथि स्थानीय सरकारले डोजर चलाएपछि सुर्खेतरोडले नयाँ र आधुनिक रूप लिन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  २ : ४२ बजे

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल