रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति « Khabarhub

रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानसहितका माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानको आन्दोलन टुंगिएको छ।

सरकारका प्रतिनिधिसँग मंगलबार ५ बुँदे सहमतिसँगै उनको आन्दोलन रोकिएको हो ।

सहमति भएसँगै उनले आफ्नो अनशन २३ औं दिनमा टुंग्याएकी छन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाइन् ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो।

उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दाहाल थिइन् ।

उक्त टोलीले सोमबारदेखि वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरिन् ।

​सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ।

त्यस्तै, अनशनरत खानले उठाएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ।

यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख,प्रहरी उपरीक्षक लगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमतिसमेत भएको छ।

​यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ४ : २६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६