आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो « Khabarhub

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल वर्षाका कारण रोकिएको छ ।

जारी खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। ईडन गार्डन्समा भइरहेको खेलमा टस जितेर पहिले बलिङ रोजेको कोलकाताले मुम्बईलाई दबाबमा राखेको थियो ।

वर्षाका कारण खेल रोकिनुअघि मुम्बईले ८ ओभरमा ४ विकेट गुमाएर ५७ रन बनाएको छ। हाल हार्दिक पाण्ड्या र तिलक वर्मा क्रिजमा छन् ।

मुम्बईका सुरुवाती ब्याटरहरू ठूलो स्कोर बनाउन असफल भए। क्यामरन ग्रीनले रायन रिकेल्टनलाई ६ रनमा तथा नमन धीरलाई शून्यमै आउट गरे । त्यस्तै सौरभ दुबेले रोहित शर्मा र सूर्यकुमार यादवलाई समान १५–१५ रनमा पेभिलियन फर्काए ।

प्लेअफ सम्भावना जोगाइराख्न कोलकातालाई यो खेल जित्नै पर्ने दबाब रहेको छ। १२ खेलबाट ११ अंक जोडेको कोलकाता अंक तालिकाको आठौँ स्थानमा छ। उता, मुम्बई भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। मुम्बई १२ खेलबाट ८ अंकसहित नवौँ स्थानमा रहेको छ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ९ : १० बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर