चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल « Khabarhub

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित चौतारीमा बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

गायक हेमन्त र गायिका रचना रिमालको स्वर रहेको सार्वजनिक गीतमा राजकुमार बगरको शब्द तथा गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको छ ।

एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी बोल्ने रमाइलो कथालाई गायक रसाइलीले भिडियोमा उतारेका छन् ।

जसमा गायक रसाइलीसँगै गायिका रचना पनि भिडियोमा देखिएकी छिन् । भिडियोमा रचना र हेमन्त दुवै खुलेका छन् ।

हेमन्तको अहिलेसम्मकै भिन्न शैलीमा तयार पारिएको गीतको निर्देशन पनि उनैले गरेका हुन् ।

करन चैसीरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर मिराज अर्यालले गरेका हुन् ।

कमल खड्काको छायांकन रहेको भिडियो हेमन्त कान्छा रसाइली अफिसियलबाट बजारमा आएको हो ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १० : १६ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर