सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण « Khabarhub

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना खाली गर्ने तयारी गरेको छ ।

यसअघि गत वैशाख ३ गते अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको महानगरले आज पुनः बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्न भनेको छ । महानगरले संरचना हटाउन दिएको ३५ दिनको समयसीमा यही जेठ ८ गते सकिँदैछ ।

महानगरले सोही समयभित्र बसपार्कस्थित जग्गामा बसोबास गरिरहेका सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई विवरण पेस गर्न सूचना सार्वजनिक गरेको हो ।

महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी पहिचानका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यसहितको विवरण माग गरिएको बताए । महानगरले सुुकुमवासीसँग माग गरेको विवरणमा घरमूलीसहित परिवारका सदस्यहरुको नामथर, पेसा, शैक्षिक योग्यता र दक्षता, अशक्त, असहाय, वृद्ध वा सुत्केरी र सम्पर्क नम्बर रहेको छ ।

‘वास्तविक सुकुमवासीको पहिचानको काम भइरहेको छ । बसपार्क निर्माणका लागि सर्वदलिय, सर्वपक्षीय र सरोकारवाला सबैबाट सहयोगको प्रतिबद्धता आएको छ । स्वयं सुकुमवासीहरुले समेत बसपार्क बनाउनका लागि सहयोग गर्छौं भन्नुभएको छ । वास्तविक सुकुमवासीको व्यवस्थापनका लागि अहिले विवरण सङ्कलनको काम सुरु भएको हो’, प्रमुख आचार्यले भने ।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्टाइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । बसपार्कका लागि जमिन छुट्टाएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर २६ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा ठूलो सङ्ख्यामा सुकुमवासी छन् । पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुमवासी परिवार बस्दै आएका छन् ।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङ महानगरले छानबिन गरेर वास्तविक सुुकुम्वासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हामीलाई उपयुक्त वैकल्पिक अवस्था पहिला महानगरले गरोस् र अनि बल्ल बसपार्कका लागि छुट्टाइएको सम्पूर्ण जग्गामा बसपार्क बन्नुपर्दछ । त्यसका लागि सुकुमवासी बाधक बन्दैनौँ’ उनले भने ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १० : १७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट