एक हिट खोजिरहेका ‘मुन्द्रे’ « Khabarhub

एक हिट खोजिरहेका ‘मुन्द्रे’


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका छैनन् । असमझदारीले जबरजस्ती छक्का पञ्जा टोलीबाट निस्किनु परेपछि उनीबाट व्यवसायिक सफलता टाढा बन्दै गएको छ ।

यही पृष्ठभूमिमा उनले आफ्नै लगानीमा फिल्म ‘आई एम जितबहादुर’ लिएर आएका छन् । शुक्रबारबाट यो फिल्म प्रदर्शनरत छ ।

दीपक-दीपासँग रहँदा जितु हरेक हिट फिल्मको हिस्सा रहँदै आएका थिए । तर अहिले जितु हैरानमै छन् ।

जितुले चलाउँदै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रको कमेडी क्लब’ पनि बन्द भयो । घाटामा गएपछि बन्द गर्नु परेको जितुले बताउँदै आएका छन् ।

‘छक्का पञ्जा’ टोलीमा रहँदा जितु सहायक भूमिकामा सीमित थिए । यस विषयमा पनि उनी पहिलादेखि नै असन्तुष्ट रहेको भन्ने सुनिन्थ्यो ।

उनको यो असन्तुष्टिको सम्बोधन क्याम्पबाट छुटेपछि भयो । उनलाई शीर्ष भूमिकामा लिन मेकरहरू तयार पनि भए ।

यही मौकामा उनी दीपक-दीपाको टोलीसँग रिस फेर्न मैदानमा पनि उत्रिए । ०८१ सालको दशैँमा ‘छक्का पञ्जा ५’ सँग उनले आफू अभिनित फिल्म ‘ज्वाइ साब’को बक्स अफिस भिडन्त गराए । यसमा जितुको फिल्म नराम्ररी पछारियो ।

जितुको फिल्म फ्लप भयो । ‘छक्का पञ्जा ५’ ब्ल्कबस्टर भयो ।

क्याम्पबाट बाहरिएपछि जितु तीन फिल्ममा शीर्ष भूमिकामा देखिए । तीनै फिल्म व्यवसायिकरुपमा फ्लप भए । ‘ह्यारीको प्यारी’ र ‘ज्वाइ साब’का उनी सोलो नायक हुन् । ‘कार्साङ’मा उनी र दयाहाङ राई शीर्ष भूमिकामा छन् ।

उनको शीर्ष भूमिका रहेको तेस्रो फिल्म ‘आई एम जितबहादुर’ हो । यो फिल्मले प्रदर्शनको पहिलो दिन खासै राम्रो व्यापार गर्न सकेन । कमजोर अकुपेन्सीमै चल्यो । एकाध शोमा दर्शकको चाप देखियो ।

शनिबार पनि बुकिङ कमजोर नै छ । जितु अहिले शो नायकका रुपमा फ्लपमा ह्याट्रिक र हिट ओपनिङको दौडमा छन् ।
एक हिट दिन सकेको अवस्थामा उनले सफल टोली छोडेको औचित्य पनि देखिनेछ । अब हेरौँ के हुन्छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र