दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश « Khabarhub

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ ।

शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ए को खेलमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकआउट चरणमा पुगेको हो ।

मेक्सिकोका लुइस रोमोले गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोका लागि महत्वपूर्ण बनेको थियो ।

यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको मेक्सिको नकआउट चरणमा पुगेको छ भने पराजित भएको दक्षिण कोरियाको ३ अंक छ ।

यसअघिको आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए ।

सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ४३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर