ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन « Khabarhub

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा १९ लाख ६० हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ४५ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर