रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने « Khabarhub

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन जाने भएका छन् ।

नेकपाले महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो ।

पूर्ण रुपमा स्वास्थ्यलाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए ।

त्यसयता दाहाल पहिलोपटक पार्टी मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए ।

नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ११ : ४५ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज– सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली

बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो

काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास,