हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)   « Khabarhub

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ प्रकृति, संस्कृति र आध्यात्मिक पर्यटनको संगमका रूपमा विकास हुँदै गएको छ। हिमाली भू–दृश्य, हरियाली वन, बौद्ध सम्पदाले भरिपूर्ण यस पदमार्गले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

ह्योल्मो परम्पराअनुसार धर्मचक्र पर्खालको नामले चिनिने यो ट्रेलमा ठाउँठाउँमा निर्माण गरिएका चैत्य, शान्त वातावरण, हिमाली हावा र दूरसम्म फैलिएका हिमशृंखलाले यात्रुलाई विशेष अनुभूति दिलाउने गर्छन्। यहाँबाट सेमेसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरलगायत दर्जनौँ हिमालहरूको अवलोकन गर्न सकिन्छ।

हेलम्बु गाउँपालिकाले विश्वकै अग्लो चीनको ‘ग्रेट वाल’को अवधारणाबाट प्रेरित भएर ह्योल्मो भूमि हेलम्बुलाई घेर्ने गरी ६० किलोमिटर लामो ग्रेट ट्रेल निर्माण गरिरहेको छ। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार हालसम्म सात किलोमिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ।

‘६० किलोमिटरमध्ये सात किलोमिटर पदमार्ग बनाइसकेका छौँ। यहाँ आउने जो कोही पनि प्राकृतिक सौन्दर्य देखेर दङ्ग पर्नुहुन्छ,’ अध्यक्ष शेर्पाले भने, ‘यो हेलम्बु गाउँपालिकाको गौरवका योजनामध्ये एक महत्त्वपूर्ण परियोजना हो।’

बुद्धपार्कबाट सुरु हुने पर्यटकीय ट्रेल सेर्माथाङ, ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाभेगस्थित प्रसिद्ध तीर्थस्थल आमायाङ्ग्री पर्वतसम्म जोडिनेछ। यस्तै डुपु–भेमाथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दवालाङ्ग गुफा हुँदै सेमेसिदाङ क्षेत्रसम्म विस्तार गरिने योजना छ।

ट्रेलको सम्पूर्ण निर्माण सम्पन्न भएपछि हेलम्बुका अधिकांश धार्मिक तथा पर्यटकीय स्थलहरूको परिक्रमा गर्न सकिनेछ। साथै यात्रुले हेलम्बु क्षेत्रको समग्र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सक्नेछन्।

समुद्री सतहबाट करिब २,५०० मिटरदेखि ५,००० मिटर उचाइसम्म फैलिएको यो पदमार्ग पूरा निर्माण भएपछि पैदल यात्रा गरेर पूरा गर्न करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ। हरेक दिन फरक दृश्य, फरक अनुभूति र नयाँ रोमाञ्चक अनुभव प्रदान गर्ने यो ट्रेल हेलम्बुलाई नेपालको प्रमुख हिमाली पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १२ : ५१ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त