‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी « Khabarhub

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इनरुवा– जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब आठ लाख लागतमा खेती सुरु गरेका हुन् ।

मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायररहोल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए । 

‘खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु’, उनले भने।

परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष पाँच कट्ठामा रोपिएका बिरुवाबाट १२ लाखभन्दा बढी आम्दनी हुने लक्ष्य लिएको मेहताले बताए। सुरुआती लगानी र मेहनतपश्चात् अहिले उनले उत्साहजनक प्रतिफल प्राप्त गरिरहेका छन् । 

प्रतिकट्ठा करिब एक हजार ४०० किलो ड्रागन फ्रुट उत्पादन हुने लक्ष्य रहेको मेहताले बताए। अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका कृषकका लागि रामेश्वर मेहताको यो व्यावसायिक खेती एउटा अनुकरणीय र प्रेरक उदाहरण बनेको छ ।

कम मेहनत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा यसको खेतीतर्फ अन्य कृषकको आकर्षण बढ्न थालेको छ । यस खेतीबाट प्रशस्त आम्दानी आउन थालेपछि खेती विस्तार गर्ने तयारी थालेको किसान मेहताले बताए। 

जिल्लामा ५० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटखेती हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । उनका अनुसार जिल्लामा १२ दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर ड्रागन फ्रुट उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १ : ५४ बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा