युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी « Khabarhub

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी राख्ने जनाएको छ।

आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले हेजबुल्लाहको हालैको आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएको घटनालाई इजरायलले स्वीकार गर्न नसक्ने अवस्था भएको बताएका छन्। उनले थप खतरालाई रोक्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न दक्षिणी लेबनानमा सैन्य अभियान निरन्तर सञ्चालन गरिने स्पष्ट पारे।

डेफ्रिनका अनुसार इजरायलले तनाव थप बढ्ने प्रतीक्षा गर्न नसक्ने भएकाले तत्काल देखिएका खतराहरू हटाउन, युद्धविराम उल्लङ्घनका घटनाको जवाफ दिन तथा नागरिक सुरक्षाका लागि आवश्यक कदम चालिरहने छ।

हेजबुल्लाहले दक्षिणी लेबनानमा तैनाथ इजरायली सेनामाथि गरेको आक्रमणमा चार सैनिक मारिएका थिए। आईडीएफले हेजबुल्लाहले युद्धविराम उल्लङ्घन गर्दै पछिल्लो समय नागरिक तथा सैन्य लक्ष्यविरुद्ध सयौं ड्रोन र रकेट आक्रमण गरेको आरोप लगाएको छ।

दक्षिणी लेबनानमा भएको ड्रोन आक्रमणमा आईडीएफको ट्याङ्क बटालियनका कमान्डरसहित चार सैनिकको मृत्यु भएपछि इजरायली सेनाले बेका उपत्यकास्थित हेजबुल्लाहका पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाएको छ।

यस घटनापछि क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप इजरायल र हेजबुल्लाहबीच नयाँ युद्धविराम सम्झौता भएको बताइएको छ।

सिएनएनले वार्तासँग परिचित विभिन्न स्रोतलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाह युद्धविराम पुनःस्थापनामा सहमत भएको जनाएको छ। उक्त सम्झौता संयुक्त राज्य अमेरिका र कतारको संयुक्त मध्यस्थतामा सम्भव भएको बताइएको छ।

युद्धविराम घोषणा भएको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई लेबनानस्थित विद्रोही समूहसँग युद्धविराम कायम राख्न आग्रह गरेको जनाइएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  २ : ११ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज– सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली

बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो

काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास,