राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान    « Khabarhub

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान र राष्ट्रिय हितको रक्षा गर्न आफ्नो सेना पूर्ण रूपमा तयार रहेको जनाएको छ।

अमेरिका र इरानबीच युद्ध अन्त्य तथा तनाव न्यूनीकरणका लागि भएको सम्झौतापछि आईआरजीसीले यस्तो धारणा सार्वजनिक गरेको हो।

आईआरजीसीद्वारा जारी विज्ञप्तिमा शत्रुपक्षले सम्झौताप्रति प्रतिबद्धता नजनाए वा आफ्नो वाचा उल्लङ्घन गरे इरानले आवश्यक कदम चाल्न पछि नपर्ने उल्लेख गरिएको छ। साथै इरानी जनताको साहसिक प्रतिरोध, सैन्य बलको त्याग तथा नेतृत्वको दूरदर्शिताले विपक्षी पक्षलाई युद्धविरामतर्फ अग्रसर हुन बाध्य बनाएको दाबी गरिएको छ।

विज्ञप्तिमा अन्यायविरुद्धको इरानको ऐतिहासिक अडान र सर्वोच्च कमाण्डरको नेतृत्वका कारण सेना देशको रक्षा तथा प्रतिरोध मोर्चाका वैध अधिकारको संरक्षणमा दृढ रहेको उल्लेख छ।

अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमण सुरु भएको करिब १०० दिनपछि दुवै पक्षबीच सम्झौता भएको हो। यद्यपि सम्झौतापछि पनि अमेरिका र इरान दुवैले आफ्नो-आफ्नो पक्षलाई विजयी भएको दाबी गर्दै आएका छन्।

सम्झौतामा अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेश्कियानको हस्ताक्षर रहेको छ। उक्त समझदारीअनुसार इरानको आणविक कार्यक्रमबारे वार्ताका लागि ६० दिनको रूपरेखा तय गरिएको छ।

सम्झौताले सबै मोर्चामा तत्काल सैन्य गतिविधि रोक्ने, लेबनानसमेत समेट्ने गरी युद्धविराम कायम गर्ने तथा एकअर्काको सार्वभौमिकताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैगरी, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुजको जलडमरू पुनः सञ्चालन गर्ने र इरानी जहाजमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा पनि सहमति भएको जनाइएको छ।

सम्झौताअनुसार अमेरिका तथा उसका क्षेत्रीय साझेदारहरूले इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजनामा सहकार्य गर्ने तयारीसमेत गरेका छन्।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  २ : ३३ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ