पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार यात्रु बोकेको निजी पिकअप ट्रकलाई सडक किनारमा राखिएको रिमोट–कन्ट्रोल ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आईईडी) मार्फत लक्षित गरी पहिलो विस्फोट गराइएको थियो।

पहिलो विस्फोटपछि घाइतेहरूको उद्धारका लागि पुगेको अर्को सवारीसाधनमा दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको प्रहरीले जनाएको छ। दुवै घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। यद्यपि, सुरक्षा निकायले उक्त क्षेत्रमा सक्रिय रहेको तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) माथि आशंका व्यक्त गरेको छ।

पाकिस्तानले पछिल्ला वर्षहरूमा देशभित्र भएका अधिकांश आतङ्कवादी आक्रमणका लागि छिमेकी अफगानिस्तानको भूमिबाट सञ्चालन हुने समूहहरूलाई जिम्मेवार ठहर गर्दै आएको छ। तर, काबुलस्थित तालिबान सरकारले आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहको सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन नदिएको बताउँदै त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।

दुवै देशबीच पछिल्ला महिनाहरूमा सीमापार सुरक्षा चुनौती र हिंसात्मक घटनाका कारण तनाव बढ्दै गएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ३ : ५३ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर