भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक « Khabarhub

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्ने भएको छ। भारतको विदेश मन्त्रालय (एमईए) का अनुसार बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्नेछन्।

बैठकमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डल प्रमुखहरूले विश्वले सामना गरिरहेका परम्परागत तथा उदीयमान सुरक्षा चुनौतीबारे व्यापक छलफल गर्ने कार्यक्रम छ। विशेषगरी द्रुत रूपमा परिवर्तन भइरहेका सुरक्षा जोखिम र तीसँग सम्बन्धित नयाँ प्रविधिको भूमिकाबारे विचार आदानप्रदान हुने जनाइएको छ।

बैठकमा आतंकवादविरुद्धको सहकार्य तथा सूचना एवं सञ्चार प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी हालै सम्पन्न ब्रिक्स संयुक्त कार्य समूहका निष्कर्षहरूको पनि समीक्षा गरिनेछ।

भारतले यसअघि सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गरिसकेको छ। सन् २०२६ मा भारतले चौथोपटक ब्रिक्सको अध्यक्षता गरिरहेको छ। यस वर्षको भारतीय अध्यक्षता ‘समावेशिता, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ। 

यो दृष्टिकोण सन् २०२५ मा रियो दि जेनेरियोमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको जनकेन्द्रित र मानवतामुखी सोचसँग मेल खाने बताइएको छ।

हाल ब्रिक्समा ११ उदीयमान तथा विकासोन्मुख राष्ट्रहरू आबद्ध छन्। सदस्य राष्ट्रहरूमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स रहेका छन्।

ब्रिक्सले विश्वव्यापी तथा क्षेत्रीय महत्वका राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धी विषयमा सदस्य राष्ट्रहरूबीच परामर्श र सहकार्यका लागि महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको छ। ब्रिक्स–२०२६ को आधिकारिक वेबसाइटका अनुसार संगठनको कार्यसूची राजनीति र सुरक्षा, अर्थतन्त्र तथा वित्त, साथै संस्कृति र जनस्तरीय आदानप्रदान गरी तीन प्रमुख स्तम्भमा आधारित छ।

ब्रिक्स सहकार्यले आतंकवादविरुद्धको अभियान, जलवायु परिवर्तन, खाद्य तथा ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय व्यवस्था, दूरसञ्चार, कृषि, श्रम तथा रोजगारी, व्यापार र विश्व व्यापार संगठनलगायतका विविध क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ४ : ०८ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज– सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली

बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो

काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास,