बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी « Khabarhub

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका पानीका बोतल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्ची खानेपानीलाई सिधै पिउन मिल्ने गरी धारा तथा पाइपलाइन व्यवस्थापनको काम अघि बढाइएको छ।

निर्देशनपछि सम्बन्धित निकायले पानीको गुणस्तर परीक्षण, पाइपलाइन निरीक्षण र धारा व्यवस्थापन सुरु गरेका छन्। 

सरकारी निवासमा बोतलको पानीको प्रयोग अन्त्य गर्ने तयारीलाई खर्च नियन्त्रण, वातावरण संरक्षण र स्वास्थ्यसँग जोडेर हेरिएको छ।

खानेपानी सम्बद्ध अधिकारीहरूका अनुसार यो कदमले प्रधानमन्त्रीले सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक खानेपानी नै प्रयोग गर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। साथै, सार्वजनिक आपूर्तिको पानीप्रति नागरिकको विश्वास बढाउने उद्देश्यसमेत यससँग जोडिएको बताइएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ४ : २१ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा