बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी « Khabarhub

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका पानीका बोतल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्ची खानेपानीलाई सिधै पिउन मिल्ने गरी धारा तथा पाइपलाइन व्यवस्थापनको काम अघि बढाइएको छ।

निर्देशनपछि सम्बन्धित निकायले पानीको गुणस्तर परीक्षण, पाइपलाइन निरीक्षण र धारा व्यवस्थापन सुरु गरेका छन्। 

सरकारी निवासमा बोतलको पानीको प्रयोग अन्त्य गर्ने तयारीलाई खर्च नियन्त्रण, वातावरण संरक्षण र स्वास्थ्यसँग जोडेर हेरिएको छ।

खानेपानी सम्बद्ध अधिकारीहरूका अनुसार यो कदमले प्रधानमन्त्रीले सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक खानेपानी नै प्रयोग गर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। साथै, सार्वजनिक आपूर्तिको पानीप्रति नागरिकको विश्वास बढाउने उद्देश्यसमेत यससँग जोडिएको बताइएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ४ : २१ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर