राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने « Khabarhub

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारको प्रारम्भिक कार्यसम्पादनमाथि प्रश्न उठाउँदै सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा अपेक्षाअनुसार सुधार नदेखिएको जनाएको छ ।

राप्रपाले परराष्ट्र नीतिमा स्पष्ट दृष्टिकोणको अभाव रहेको र छिमेकी मुलुकसँग अविश्वासको वातावरण बढ्न सक्ने चेतावनी दिएको छ । पार्टीले आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा, स्वास्थ्य र विद्युतजस्ता आधारभूत क्षेत्रमा लगाइएका कर फिर्ता लिन माग गरेको छ । दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न तथा बजार अनुगमन प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरिएको छ ।

राप्रपाले काठमाडौंका नदीकिनाराका बस्ती हटाउँदा वैकल्पिक आवास र पुनर्स्थापनाको व्यवस्था नगरिएको भन्दै वास्तविक भूमिहीनलाई तत्काल पुनर्बासको व्यवस्था गर्न माग गरेको छ । निजी क्षेत्रमाथि भइरहेको धरपकडले लगानीको वातावरण बिग्रने भन्दै कानुनी शासन र संस्थागत नियमनलाई बलियो बनाउनुपर्ने धारणा पनि पार्टीले व्यक्त गरेको छ ।

बैठकले अध्यक्ष लिङ्देनको संयोजकत्वमा केन्द्रीय महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। भदौ मसान्तभित्र जिल्ला अधिवेशन, असोज १५ देखि २४ गतेभित्र प्रदेश अधिवेशन तथा कार्तिक ११ देखि ३० गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका पनि स्वीकृत गरिएको छ ।

राप्रपाले एउटा निर्वाचनको परिणामले पार्टीको भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई उच्च मनोबलका साथ सक्रिय रहन आह्वान गरेको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ४ : २७ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको