सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल « Khabarhub

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमीकमजोरीबिरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको कार्यसम्पादनबारे छलफल गर्दै जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय मुद्दा तथा जनजिविकासँग सम्बन्धित विषयलाई सशक्त रूपमा संसद्मा उठाउन संसदीय दल र पार्टीबीच समन्वय गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनले प्रमुख प्रतिपक्षी दलले निरन्तर रूपमा आफ्ना विषय सदनमा उठाइरहे पनि सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै सरकारमाथि निरन्तर खबरदारी जारी राखिने बताए।

महामन्त्री पौडेलले विभिन्न मन्त्रालयले गरेका कामको अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारीसमेत तोकिएको जानकारी दिँदै सरकारले कार्यकालको सय दिनमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ०१ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,