आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका « Khabarhub

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको संघारमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका तथा उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया र शुल्कको विवरण सार्वजनिक गरेको छ ।

पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार ६ गते राती ८:३० बजे पार्टीको वेबसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । असार ७ गते राती ८:३० बजेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रहेको निर्वाचन आयोगको सम्पर्क सचिवालयमा प्रतिनिधिहरूमाथि दाबी वा विरोध गर्न सकिने समय दिइएको छ भने सोही दिन राती ११ बजेसम्म प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ र दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । सोही दिन साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ र साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरू विरुद्ध दाबी वा विरोध गर्ने समय तोकिएको छ । सोही दिन बेलुकी उम्मेदवारहरूको जाँचबुझ गर्ने तथा बेलुकी ५:१५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय प्रदान गरिनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ र मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु भई मतपरिणाम घोषणा गरिनेछ । दोस्रो चरणको उम्मेदवारी तथा थप निर्वाचन कार्यतालिका भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचना अनुसार विभिन्न पदका लागि उम्मेदवारी शुल्क, प्रस्तावक र समर्थकको संख्या निर्धारण गरिएको छ । जसअन्तर्गत पार्टी सभापति पदका लागि ५१,००० रुपैयाँ शुल्क तोकिएको छ भने उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, पार्टी पदाधिकारीका लागि ४१,००० रुपैयाँ उम्मेदवारी शुल्कका साथै १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ । केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन चाहनेले २१,००० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने उम्मेदवारको पक्षमा १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्नेछ । उम्मेदवार बन्नका लागि प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरू अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधि नामावली सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्ने प्रावधान छ ।

उम्मेदवारी दर्ताका लागि इच्छुक प्रतिनिधिहरूले भरिएको उम्मेदवारी मनोनयन पत्र फारामसँगै उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, आफूमाथि कुनै अनुशासन कारबाही नपरेको स्व-घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ७ : ५१ बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा