दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा « Khabarhub

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको आकर्षणमा रहेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई फेरि एकपटक ठूलो पर्दामा देखिने भएको छ । यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’ (द रेड सर्कल)मा देखिने भएको हो ।

निर्माता रहेको विश्राम फिल्म प्रालिका निर्माता जीवन गुरुङ र वितरक रहेको काफिया फिल्म प्रालिका गोविन्द शाहीले आज संयुक्तरूपमा उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘रातो घेरा’ चलचित्रमा अनिल बुढा मगरको निर्देशन रहनेछ । निर्माण टोलीका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने र दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश दिने जनाइएको छ ।

दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बढी रुचाइएका र सर्वाधिक अन–स्क्रिन जोडीमध्ये एकका रूपमा रहेको छ । ‘जारी’ मा उहाँहरूको सशक्त अभिनय, प्राकृतिक प्रस्तुति र उत्कृष्ट केमेस्ट्रीले बक्स अफिसमा ठूलो सफलता हासिल गर्नुका साथै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।

फिल्म ‘ऊनको स्वीटर’बाट अभिनेत्री मिरुनाले केही दिनअघि मात्रै चलचित्र विकास बोर्डद्वारा प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका थिए ।

निर्माण पक्षका अनुसार ‘रातो घेरा’ चलचित्रलाई कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा विशेष ध्यान दिइएको छ । साथै अनुभवी कलाकार तथा प्राविधिकको सहभागिताले चलचित्रलाई थप प्रभावशाली बनाउने निर्माता गुरुङले बताए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ३१ बजे

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

विराटनगर– रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने