दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा « Khabarhub

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको आकर्षणमा रहेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई फेरि एकपटक ठूलो पर्दामा देखिने भएको छ । यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’ (द रेड सर्कल)मा देखिने भएको हो ।

निर्माता रहेको विश्राम फिल्म प्रालिका निर्माता जीवन गुरुङ र वितरक रहेको काफिया फिल्म प्रालिका गोविन्द शाहीले आज संयुक्तरूपमा उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘रातो घेरा’ चलचित्रमा अनिल बुढा मगरको निर्देशन रहनेछ । निर्माण टोलीका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने र दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश दिने जनाइएको छ ।

दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बढी रुचाइएका र सर्वाधिक अन–स्क्रिन जोडीमध्ये एकका रूपमा रहेको छ । ‘जारी’ मा उहाँहरूको सशक्त अभिनय, प्राकृतिक प्रस्तुति र उत्कृष्ट केमेस्ट्रीले बक्स अफिसमा ठूलो सफलता हासिल गर्नुका साथै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।

फिल्म ‘ऊनको स्वीटर’बाट अभिनेत्री मिरुनाले केही दिनअघि मात्रै चलचित्र विकास बोर्डद्वारा प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका थिए ।

निर्माण पक्षका अनुसार ‘रातो घेरा’ चलचित्रलाई कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा विशेष ध्यान दिइएको छ । साथै अनुभवी कलाकार तथा प्राविधिकको सहभागिताले चलचित्रलाई थप प्रभावशाली बनाउने निर्माता गुरुङले बताए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ३१ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल