पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा « Khabarhub

फिफा विश्वकप फाइनल

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

अमेरिकाको न्यु जर्सीस्थित न्यूयोर्क–न्यु जर्सी स्टेडियममा जारी उपाधि भिडन्तमा पहिलो ४५ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । अर्जेन्टिना र स्पेनले केही आकर्षक आक्रमण बुने पनि विपक्षी रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण स्कोर खुल्न सकेन ।

खेलको सुरुआती चरणमा स्पेनले बलमा बढी नियन्त्रण जमाउँदै केही खतरनाक अवसर सिर्जना गरेको थियो । युवा स्टार लामिन यामालले पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न नसक्दा स्पेन अग्रता लिनबाट चुकेको थियो ।

विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीचको फाइनल अपेक्षाअनुसार प्रतिस्पर्धात्मक बनेको छ। पहिलो हाफमा दुवै टोलीले सावधानीपूर्वक खेल प्रस्तुत गरेका कारण खेल निकै रणनीतिक देखिएको थियो।

अब दोस्रो हाफमा उपाधिको छिनोफानोका लागि दुवै टोली थप आक्रामक रूपमा मैदान उत्रिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : ४८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय