फिफा विश्वकप २०२६: स्पेनको ऐतिहासिक जितसँगै जोडिएका तीन रोचक तथ्यांक « Khabarhub

फिफा विश्वकप २०२६: स्पेनको ऐतिहासिक जितसँगै जोडिएका तीन रोचक तथ्यांक


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निक्कै प्रतिस्पर्धात्मक तर केही खिन्न मानिएको फिफा विश्वकप २०२६ को फाइनल खेलसँगै स्पेनले उपाधि उचालेको छ । स्पेनको यस ऐतिहासिक जितसँगै फुटबल इतिहासमा केही दुर्लभ र रोचक तथ्यांकहरू थपिएका छन् । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

युरो कप र विश्वकपको दुर्लभ संयोग
युरोपेली च्याम्पियनको हैसियतमा विश्वकप जित्ने स्पेन तेस्रो टोली बनेको छ । यसअघि सन् २००८ को युरो कप जितेपछि स्पेनले नै सन् २०१० को विश्वकप चुमेको थियो । त्यसअघि सन् १९७२ को युरो जितेको तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

रक्षापंक्तिको ऐतिहासिक कीर्तिमान
यो विश्वकप यात्राभरि स्पेनिस टोलीले इतिहासकै सबैभन्दा बलियो रक्षापंक्ति प्रदर्शन गर्‍यो । स्पेन विश्वकपको इतिहासमै सबैभन्दा कम (मात्र एक) गोल ब्यहोरेर च्याम्पियन बन्ने पहिलो टोली बनेको छ । यसअघि सन् २००६ को विश्वकपमा स्विट्जरल्याण्डले कुनै पनि गोल नब्यहोरी बाहिरिएको रेकर्ड राखेको भए पनि च्याम्पियन टोलीका रूपमा स्पेनको यो नतिजा सर्वोत्कृष्ट हो ।

अपराजित प्रशिक्षक फुएन्ते
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले मुख्य प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई १५ खेल पुर्‍याएका छन् । विश्वकप र युरो कप जस्ता ठूला प्रतियोगितामा कुनै पनि प्रशिक्षकले सम्हालेको यो अहिलेसम्मकै सबैभन्दा लामो अपराजित सुरुवात हो ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ५ : १९ बजे

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र