विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात « Khabarhub

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै खेलाडीबीच हातपात र झडप भएको छ । अतिरिक्त समयमा १–० को नतिजासहित स्पेनसँग पराजित भएपछि आक्रोशित बनेका अर्जेन्टिनाका खेलाडी मैदानमै हातपातमा उत्रिएका हुन् ।

खेल सकिएको अन्तिम सिठ्ठी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्रि उपाधि जितेको खुसीयाली मनाउन दौडिरहेका थिए । सोही क्रममा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई पछाडिबाट धक्का दिएपछि मैदानमा तनाव उत्पन्न भएको थियो । मोलिनाको हर्कतपछि दुवै टोलीका खेलाडीहरूबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो ।

झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले स्पेनिस खेलाडीलाई लगातार धक्का दिनुका साथै मुक्का प्रहार गर्ने प्रयास समेत गरेका थिए । मैदानभित्र स्थिति तनावग्रस्त बनेपछि दुवै टोलीका अन्य खेलाडी र अफिसियलले झगडा साम्य पारेका थिए ।

यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको उपाधि चुमेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : ११ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध