विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात « Khabarhub

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै खेलाडीबीच हातपात र झडप भएको छ । अतिरिक्त समयमा १–० को नतिजासहित स्पेनसँग पराजित भएपछि आक्रोशित बनेका अर्जेन्टिनाका खेलाडी मैदानमै हातपातमा उत्रिएका हुन् ।

खेल सकिएको अन्तिम सिठ्ठी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्रि उपाधि जितेको खुसीयाली मनाउन दौडिरहेका थिए । सोही क्रममा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई पछाडिबाट धक्का दिएपछि मैदानमा तनाव उत्पन्न भएको थियो । मोलिनाको हर्कतपछि दुवै टोलीका खेलाडीहरूबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो ।

झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले स्पेनिस खेलाडीलाई लगातार धक्का दिनुका साथै मुक्का प्रहार गर्ने प्रयास समेत गरेका थिए । मैदानभित्र स्थिति तनावग्रस्त बनेपछि दुवै टोलीका अन्य खेलाडी र अफिसियलले झगडा साम्य पारेका थिए ।

यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको उपाधि चुमेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : ११ बजे

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर