अमेरिका-इरान तनाव चर्किँदा कच्चा तेलको मूल्य बढ्यो « Khabarhub

अमेरिका-इरान तनाव चर्किँदा कच्चा तेलको मूल्य बढ्यो


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ। मध्यपूर्वमा द्वन्द्व थप चर्किने र विश्वको प्रमुख तेल आपूर्ति मार्ग प्रभावित हुन सक्ने आशंकाले ऊर्जा बजारमा दबाब बढाएको हो।

विशेषगरी, विश्वको समुद्रीमार्गबाट हुने कच्चा तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले तेलको मूल्य उकालो लागेको विश्लेषकहरूले बताएका छन्। गत सातादेखि अमेरिका र इरानबीच सैन्य गतिविधि तीव्र बनेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढ्दो क्रममा रहेको छ।

अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च स्तरमा पुगेको छ।

बजारमा आएको यो उछाल अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा त्यसको जवाफस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि आक्रमण गरेपछि देखिएको हो।

भूराजनीतिक तनाव बढेसँगै लगानीकर्ताहरू विश्व अर्थतन्त्रको आगामी दिशाबारे पनि सतर्क बनेका छन्। विश्लेषकहरूका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहेमा मुद्रास्फीति पुनः बढ्न सक्ने, उपभोक्ताको खर्च घट्न सक्ने तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले ब्याजदर कटौती गर्ने योजनामा असर पर्न सक्ने जोखिम बढेको छ।

एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसका अनुसार बजार अहिले दुई विपरीत अवस्थाको सामना गरिरहेको छ। उनका अनुसार एकातिर भूराजनीतिक जोखिमका कारण तेलको मूल्य बढिरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दो क्रममा रहनु र श्रम बजार नरम बन्दै जानुले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना भने कम देखिएको छ।

यसैबीच, एसियाली शेयर बजारमा सोमबार मिश्रित कारोबार भएको छ। चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिने नयाँ नीति सार्वजनिक गर्ने अपेक्षाले हङकङ र साङ्घाईका शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। हङकङको प्रमुख सूचकांक दुई प्रतिशतभन्दा बढीले बढ्दा साङ्घाई कम्पोजिट सूचकांक १.३२ प्रतिशतले उकालो लागेको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि हरियालीमा रहे।

यता सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ। गत शुक्रबार वाल स्ट्रिटका तीनवटै प्रमुख सूचकांक गिरावटमा बन्द भएपछि लगानीकर्ताहरू सतर्क बनेका हुन्।

भूराजनीतिक तनावका बाबजुद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य करिब एक प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : ५८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख