नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार « Khabarhub

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्सालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार तथा पुनः स्थापना गरिएको छ । 

बाल मन्दिर नक्शालमा रहेका बालबालिका जोखिममा रहेको सूचनाका आधारमा गत साउन २ गते अनुगमन गरी उनीहरूको उद्धार गरिएको हो । महिला, बालबालिका, लिङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ र बाल हेल्पलाइन १०९८ को टोलीले उद्धार गरेको हो । 

उद्धार टोलीमा काठमाडौँ महानगरपालिका १ नम्बर वडा समिति सदस्य, महानगर बाल उद्धार कार्यदल संयोजक, काठमाडौँ महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त मालिगाउँका प्रतिनिधिको समेत सहभागिता थियो । 

अनुगमनका क्रममा सङ्गठनका पदाधिकारी तथा कर्मचारीहरूसँग बालबालिकाको अवस्थाबारे छलफल गरिएको थियो। बाल मन्दिरको भवनमा आश्रित १०८ जना बालबालिकामध्ये बाल मन्दिर परिसरमा ढल पसेर भवनमा पानी जमेको पाइएको थियो । स्वास्थ्य तथा संरक्षणका दृष्टिले उच्च जोखिममा देखिएका १५ दिनदेखि २ वर्षसम्मका १२ बालक र ८ बालिका गरी कुल २० जना बालबालिकालाई तत्काल उद्धार गरी अस्थायी संरक्षणको प्रबन्ध गरिएको छ ।

बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ६४ तथा अनुसूची(४ बमोजिमका न्यूनतम मापदण्डहरू र बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ अनुसार बाल गृह सञ्चालन गर्नुपर्ने व्यवस्था छ। प्रचलित मापदण्डहरूको पालना नगरी कसैले बाल गृह सञ्चालन गरेको जानकारी पाएमा कानुन बमोजिमको कारबाहीका लागि मन्त्रालय वा परिषद्मा लिखित जानकारी गराउन परिषद्ले अनुरोध गरेको छ।

यसैगरी, प्रदेश बाल अधिकार समिति, स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीलाई आफ्नो क्षेत्रभित्र रहेका बाल गृहको नियमित अनुगमन, निरीक्षण र पृष्ठपोषण गरी सहयोग गर्न परिषद्ले अपिल गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : ५९ बजे

बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय