पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाए ।

पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी सेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा आफूहरूले लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेको हुँदा माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई, घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने, राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगायतका सुझाव दिएको रेग्मीले बताए ।

त्यस्तै छलफलमा सहभागीहरूले  स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउने र उच्च दक्ष जनशक्ति आउने वातावरण बनाउने समेत सुझाव दिएका छन् भने धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन÷सुधार गरी योग्य संस्थागत लगानीकर्ता मार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउने व्यवस्था गर्न समेत सुझाएका छन् ।

छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल लगायतका निकायका पदाधिकारीको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ३ : ५६ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी