रुस-उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता « Khabarhub

रुस-उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग मस्कोस्थित क्रेमलिनमा उच्चस्तरीय भेटवार्ता गरेका छन्। रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाले गरेको समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

कुनै बहुपक्षीय कूटनीतिक कार्यक्रम वा राष्ट्रिय उत्सवबिनै भएको चोको रुस भ्रमणले उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रुस भ्रमणबारे अड्कलबाजी बढाएको छ। उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार, चो रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा शनिबार रुस पुगेका हुन्। यद्यपि, भ्रमणको औपचारिक उद्देश्यबारे प्योङयाङले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले सोमबार सोल सरकारले मस्को र प्योङयाङबीच भइरहेका उच्चस्तरीय कूटनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेको बताए। तर, सम्भावित नेतास्तरीय शिखर वार्ताबारे कुनै टिप्पणी गर्न उनले अस्वीकार गरे।

रुसी समाचार संस्था ‘टास’का अनुसार, क्रेमलिनमा भएको भेटमा राष्ट्रपति पुटिनले दुई देशबीचको सम्बन्धको प्रशंसा गर्दै युक्रेनमा जारी सैन्य कारबाहीका क्रममा सहयोग गरेकोमा उत्तर कोरियाली नेतृत्व र जनताप्रति आभार व्यक्त गरे। त्यसको प्रत्युत्तरमा विदेशमन्त्री चोले नेता किम जोङ उन रुससँगको रणनीतिक साझेदारीलाई अझ सुदृढ र व्यापक बनाउने प्रतिबद्ध रहेको बताए।

किम जोङ उनले यसअघि सन् २०१९ र २०२३ मा राष्ट्रपति पुटिनसँग शिखर वार्ताका लागि रुस भ्रमण गरेका थिए। त्यसपछि सन् २०२४ को जुनमा पुटिनले प्योङयाङ भ्रमण गर्दा दुवै नेताले व्यापक रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा कुनै एक पक्षमाथि आक्रमण भएमा पारस्परिक सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ।

पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रुससँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप उत्तर कोरियामाथि लाग्दै आएको छ। यसको बदलामा प्योङयाङले आर्थिक सहयोग, ऊर्जा तथा उन्नत सैन्य प्रविधि प्राप्त गरिरहेको हुन सक्ने विश्लेषकहरूको अनुमान छ।

यसैबीच, किम प्रशासनले चीनसँगको सम्बन्ध पनि थप सुदृढ बनाउने प्रयास जारी राखेको छ। गत जुनमा किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्योङयाङमा भेटवार्ता गर्नुभएको थियो। विश्लेषकहरूका अनुसार, अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको प्रभावलाई सन्तुलनमा राख्ने उद्देश्यले उत्तर कोरियाले रुस र चीनसँगको रणनीतिक सहकार्य विस्तार गरिरहेको छ।

रुस भ्रमणअघि उत्तर कोरियाका वरिष्ठ अधिकारीहरूले चीनको भ्रमण गरेका थिए। उत्तर कोरियाली मन्त्रिपरिषद्का प्रमुख पाक थे सोङले बेइजिङमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए भने चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ हुनिङले प्योङयाङ पुगेर किमसँग द्विपक्षीय सम्बन्धबारे छलफल गरे।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँगको संवादलाई लगभग स्थगित गरेको छ। यसबीच किम प्रशासनले आफ्नो आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको आरोप लाग्दै आएको छ। अर्कोतर्फ, अमेरिकाले उत्तर कोरियासँगको सम्भावित वार्ताका लागि आणविक निशस्त्रीकरणलाई प्रमुख पूर्वसर्तका रूपमा राख्दै आएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  २ : ४६ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर