मेसीले फाइनल हार्दा कुन सेलिब्रिटीले के भने ? « Khabarhub

मेसीले फाइनल हार्दा कुन सेलिब्रिटीले के भने ?


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताका केन्द्रीय खेलाडी लियोनल मेसी र उनको टिमले उपाधि रक्षा गर्न सकेन, स्पेन दोस्रो पटक च्याम्पियन बन्यो ।

मेसीले फाइनलमा पुगेर पनि राजत पदकबाहेक अरू केही पाएनन् । उनी खाली हात नै विश्वकपको मैदानबाट बाहिरिए । यस अर्थमा कि- व्यक्तिगत अवार्डहरू गोल्डेन बुट र बल पनि पाएनन् ।

मेसी विश्वकप उपाधि रक्षा गर्न नसकेपछि मैदानमै लामो समय रोए । मेसी रुँदा धेरै दर्शकको आँशु पनि रोकिएनन् । राउन्ड अफ १६ बाटै बाहरिँदा पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो पनि यसरी नै रोएका थिए ।

विश्वभर जस्तै नेपालका सेलिब्रिटी पनि रोनाल्डो र मेसीमा विभाजित छन् । रोनाल्डो राउन्ड अफ १६ बाटै बाहिरिएछि उनका फ्यानहरू अझ बढी मेसी विरोधी भए । आफ्नो समर्थन रहेका टिम पोर्चुगल, ब्राजिल, नर्वे, फ्रान्स, जर्मनीलगायत बाहिरिएपछि धेरै जसो मेसी विपक्षी टिमको पक्षको जितको कामना गर्न पुगे ।

मेसी र रोनाल्डो दुवैको समर्थनमा थिइन्- गायिका रचना रिमाल । फाइनलसम्म उनको समर्थन रहेको एउटा टिम अर्जेन्टिना पुग्यो । अर्जेन्टिनाले उपाधि नजितेपछि रोनाल्डो र मेसी रोएको फोटो राख्दै लेखिन्, ‘हामी भाग्यमानी पुस्ता हौं, जसले मेस्सी र रोनाल्डोलाई एउटै युगमा देख्न पायौं। दुवै सर्वकालीन महान हुन् ।’

मेसीको खेल हेर्न अमेरिकामै पुगेको नायक अनमोल केसी सामाजिक सञ्जालमा मौन छन् । यसभन्दाअघिका खेलमा अर्जेन्टिनाले जित्दा उनको सेलिब्रेसनको भिडियोले फेसबुक वाल भरिपूर्ण हुन्थ्यो । फाइनल हार्यो र फ्यान अनमोल मौन छन् ।

अर्जेन्टिनाका कट्टर समर्थक कलाकार दीपकराज गिरीले स्पेनको खेल कौशलको प्रशंसा गरे । स्पेनले दबाब दिइरहेको अवस्थामा अर्जेन्टिनाका इन्जो फर्नान्नडेजले रेड कार्ड पाउनु नै हारको कारक रहेको उनको बुझाइ छ ।

उनले भनेका छन्, ‘हाम्रो ११ जनालाई त खेल्न गारो भइरहेको बेलामा १० जना बनाइदियो । कुरो जति घुमाए पनि हारियो । आउनुस् अलि अलि जिस्काउनुस् ।’

अर्जेन्टिनाका केही खेल हेर्न गायक प्रमोद खरेल पनि स्टेडियममै पुगेका थिए । उनले स्पेनको जितमा बलियो डिफेन्सको तारिफ गरे जबकी उनी मेसीका फ्यान हुन् ।

उनले भने, ‘वाह ! जित मात्र होइन, शानदार जित । शानदार खेल खेल्यो स्पेनले । प्रतियोगिता भर जम्मा १ गोल मात्र बेहोरेर ।’

रोनाल्डोका फ्यान गायक प्रकाश सपुतले स्पेनलाई बधाई दिए । रोनाल्डोका अर्का कट्टर समर्थक गायक बद्री पंगेनीले आगामी विश्वकपमा पनि ‘रोनाल्डो र मेसीलाई देख्न पाइयोस्’ भन्ने कामना गरेका छन् ।

मेसीका फ्यान केदार घिमिरे ‘माग्ने बुढा’ स्पेनले जित्दा लेख्छन्, ‘हाम्रो जित हाम्रो जित ।’ फेरि मेसी हारेका छन् ।

अर्जेन्टिनाकी समर्थक नायिका केकी अधिकारी अर्को विश्वकपमा टिम थप बलियो भएर आउने अपेक्षामा छिन् ।

गायक शिव परियार आफू रोनाल्डोको फ्यान भए पनि अर्जेन्टिनाको हारभन्दा स्पेनको जितले खुसी भएको बताउँछन् ।

रोनाल्डोलाई टिमले सम्मान नगर्दा पोर्चुगलको विश्वपक यात्रा छोटो भएको असन्तुष्टि उनमा अझै कायम छ ।

अर्जेन्टिनाका फ्यान कलाकार जितु नेपाल लेख्छन्, ‘अनुमानले काम गरेन । यत्रो महासागर पार गरेर दोस्रो हुनु पनि ठूलो कुरा हो। चार वर्षअघि कप लगेकै हो । यसपालि स्पेनले लग्यो ठिकै भयो । ल है सबैले चित्त बुझाऔँ है । मेस्सीले त बुझाइसके ।’

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ३ : ४४ बजे

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ– सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१

मन्त्रालयसँग पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौँ– विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य

मकवानपुरमा अपराधसँग सम्बन्धित ७७ मुद्दा फर्स्योट

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावितविरुद्धको उजुरी खोलिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ