देवघाटमा भक्तजनको घुइँचो  « Khabarhub

देवघाटमा भक्तजनको घुइँचो 


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिनाको पहिलो सोमबार पवित्र तीर्थस्थल चितवनको देवघाटमा भक्तजनको घुइँचो लागेको छ ।

त्रिशुली र कालीगण्डकी नदीको पवित्र बेणीसङ्गममा स्नान गरी भगवान् शिवको पूजा–आराधना तथा दर्शन गर्न देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू देवघाट पुगेका हुन् । 

साउन महिना भगवान् शिवलाई समर्पित पवित्र महिना मानिने भएकाले प्रत्येक सोमबार शिवालय तथा धार्मिक तीर्थस्थलहरूमा भक्तजनको विशेष चहलपहल रहने गर्छ ।

देवघाटमा पनि बिहानैदेखि नदीमा स्नान गर्ने, जल अर्पण गर्ने, बेलपत्र चढाउने र शिवको आराधना गर्ने भक्तजनको लाम लागेको देखिएको छ ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज रूपमा दर्शन र पूजा गर्न आवश्यक व्यवस्थापन मिलाइएको जनाएको छ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ भने भीड व्यवस्थापनमा स्थानीय निकायले समेत सहकार्य गरेका छन् । 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : ०० बजे

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका