सल्यान प्रहरीले गर्‍यो अवैध भरुवा बन्दुक बरामद « Khabarhub

सल्यान प्रहरीले गर्‍यो अवैध भरुवा बन्दुक बरामद


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छ नाल अवैध भरुवा बन्दुक फेला परेको छ। 

सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।

ती दुवै ‘सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक छन्’ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्दा छ वटा भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

 बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाइ राखेका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : १४ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख