‘मनबिनाको धन-२’मा गौरी मल्ल थपिइन्, अशोक दर्जीबारे मौन टंक « Khabarhub

‘मनबिनाको धन-२’मा गौरी मल्ल थपिइन्, अशोक दर्जीबारे मौन टंक


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तगा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘मन बिनाको धन–२’ नायिका गौरी मल्लको पनि प्रवेश भएको छ ।

फिल्मको शीर्ष नायिकामा पूजा शर्मा यसअघि नै अनुबन्ध भइसकेकी छन् । मल्ल सहायक भूमिकामा प्रवेश भएकी हुन् ।

यस फिल्ममा नायक महेश त्रिपाठी र विपिन कार्कीलगायत दर्जन कलाकार अनुबन्ध भइसकेका छन् ।

निर्माण पक्षले अशोक दर्जीबारे अस्वभाविक मौनता देखाएको छ । किनकि यो फिल्म अशोक शीर्ष भूमिकामा रहेको ‘मन बिना धन’को सिक्वेल हो ।

टंकको संरक्षणमा काठमाडौंमा पढ्दै गायनमा सक्रिय अशोक अहिले झापामा छन् । उनीहरूबीच सम्बन्ध राम्रो छैन । फिल्म रिलिजपछि सम्बन्ध बिग्रिएको हो ।

सोहीकारण पनि टंकले अशोकबारे बोल्न सकेका छैनन् । सहायक कलाकार चयन चरणमा पुग्दा पनि अशोकबारे उनले केही जानकारी दिएका छैनन् ।

फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मको कथा उनी आफ्नै हो । शिवम् अधिकारीले पटकथा लेखेका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ७ : २३ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित