बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा « Khabarhub

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप दुःखद रूप लिएको छ। दुर्घटनामा घाइते भएका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अम्मर सिंह बुढा रहेका छन्। उनीहरू दुवैको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको बेला ज्यान गएको हो।

दुर्घटना सोमबार दिउँसो करिब १ः२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत पर्ने कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा भएको थियो। धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु।प।प्र।०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो मोडमा अनियन्त्रित भई करिब १० मिटर तल रहेको अर्को मोडमा खस्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेश शाहीले जानकारी दिएका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : ५३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले