नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन ऊर्जामन्त्रीको जोड « Khabarhub

नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन ऊर्जामन्त्रीको जोड


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भावी जलवायु परिवर्तनका जोखिमलाई मध्यनजर गर्दै अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठले नेपालको मुख्य आधार जलविद्युत् भए पनि भावी जलवायु परिवर्तनका जोखिमहरूबाट जोगिन सौर्य ऊर्जा जस्ता अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले पाइलट प्रोजेक्टका रूपमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रम तयार पारिएको र यो सफल भएमा प्रदेश तथा स्थानीय तहसम्म विस्तार गरिने योजना रहेको जानकारी दिए । सिँचाइले मात्र सोचेजस्तो प्रतिफल नदिने भएकाले सिँचाइ र कृषिलाई सँगै जोडेर उत्पादकत्व बढाउन गृहकार्य भइरहेको उनले बताए ।

उनले जलस्रोत र ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाई सम्पूर्ण तथ्याङ्क तथा अनुसन्धानको एउटा बलियो ज्ञान केन्द्रको रूपमा विकास गर्न खोजिएको पनि बताए ।

जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा तिनै तहका सरकारबिच न्यायोचित अधिकार बाँडफाँड गर्दै प्रदेशलाई थप अधिकार, स्रोत र प्राविधिक सहयोग दिने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीच जलस्रोत, सिँचाइ, नदी व्यवस्थापन तथा भूमिगत सिँचाइका अधिकार र जिम्मेवारीहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : १९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन