शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा « Khabarhub

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णयलाई स्वागतयोग्य कदम भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा समता कर लगाउने व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै कांग्रेसले त्यसप्रति निरन्तर आपत्ति जनाउँदै आएको उल्लेख गरे ।।

उनले शिक्षा र स्वास्थ्यलाई विलासिताका वस्तुका रूपमा लिन नमिल्ने उल्लेख गर्दै निजी विद्यालय र अस्पताल रोज्ने सबै नागरिक आर्थिक रूपमा सम्पन्न नहुने धारणा राखे ।

‘निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो,’ सभापति थापाले भनेका छन्। ‘निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान गर्दैन।’

सभापति थापाले सरकारको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि विधिसम्मत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए।

सरकारले चालु आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत समता कर हटाउने निर्णय गरेपछि त्यसप्रति विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूले प्रतिक्रिया जनाइरहेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ३५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन