चीनको ‘लाइभ-फायर’ नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता « Khabarhub

चीनको ‘लाइभ-फायर’ नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक ‘लाइभ–फायर’ (वास्तविक गोलीबारीसहित) अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ ।

जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार, आइतबार जापानी नौसेनाले ‘लुयाङ–३’ श्रेणीको चिनियाँ गाइडेड–मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनियाँ युद्धपोत र एक रुसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो । त्यसको केही घण्टापछि उक्त जहाजले ओकिनोतोरी टापु नजिक ‘लाइभ–फायर’ अभ्यास गरेको थियो ।

मन्त्रिपरिषद्का मुख्य सचिव मिनोरु किहाराले उक्त अभ्यासले आसपासका जहाजको सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै जापानले चीनसमक्ष औपचारिक रूपमा चिन्ता व्यक्त गरेको बताए। उनका अनुसार अभ्यास सुरु हुनुअघि चिनियाँ युद्धपोतले सो क्षेत्रमा रहेका जहाजलाई पूर्वसूचना दिएका थिए ।

उनले जापान वरपर चीन र रुसका सैन्य गतिविधिमाथि निरन्तर निगरानी राखिने तथा देशको हवाई र सामुद्रिक सुरक्षालाई थप सुदृढ बनाइने बताए।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले यो घटनाले चीन–रुसबीचको बढ्दो सैन्य सहकार्यलाई स्पष्ट पारेको टिप्पणी गरे। उनले चीनद्वारा हालै गरिएको पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण तथा जापान वरपर चीन र रुसका बमवर्षक विमानहरूको संयुक्त उडानलाई पनि चिन्ताको विषय बताए।

यता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले जापानले आफ्नो सैन्य क्षमता विस्तारलाई औचित्य दिन चीनसम्बन्धी खतरा बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाए । उनले जापानको चिन्तालाई आधारहीन भन्दै अस्वीकार गरे।

जापानका अनुसार उक्त ‘लाइभ–फायर’ अभ्यास ओकिनोतोरी टापुको दक्षिण–पश्चिममा करिब १८० किलोमिटर दूरीमा, जापानले दाबी गर्ने विशेष आर्थिक क्षेत्र ९इइजेड०भित्र गरिएको थियो । तर चीनले ओकिनोतोरी टापु नभई चट्टान मात्र भएको दाबी गर्दै त्यस क्षेत्रमा जापानको इइजेड दाबी अन्तर्राष्ट्रिय कानुनअनुकूल नभएको जनाएको छ ।

चीनले यसअघि जुलाई १३ मा रुससँगको संयुक्त नौसैनिक अभ्यास सम्पन्न भएको र सहभागी केही युद्धपोतले प्रशान्त महासागरमा संयुक्त गस्ती जारी राखेको जनाएको थियो । तर गस्तीका क्रममा ‘लाइभ–फायर’ अभ्यास किन गरिएको भन्नेबारे चीनले स्पष्ट पारेको छैन ।

जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार, जापानले दाबी गरेको विशेष आर्थिक क्षेत्रभित्र चिनियाँ ‘लाइभ–फायर’ अभ्यास भएको पुष्टि गरिएको यो पहिलो घटना हो । यद्यपि, उक्त गतिविधिले अन्तराष्ट्रिय कानुनको प्रत्यक्ष उल्लङ्घन भने नगरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : ०८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन