पशुपति क्षेत्रमा गंगामाई रथयात्रा « Khabarhub

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ आर्यघाटकी गङ्गामाईलाई ‘गङ्गामाई पानी देउ भन्दै’ रथयात्रा गराएको छ । 

हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गङ्गाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ । यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने विश्वास छ ।

पशुपतिनाथको शिरमा विराजमान देवी गङ्गामाईको मूर्तिलाई विधिवत् पूजा गरी आर्यघाटस्थित गङ्गा मन्दिरमा पु¥याई महास्नान गराइन्छ, त्यसपछि गङ्गामाईको मूर्तिलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपको तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजाका साथ यात्रा गरिन्छ ।

गुरुजु पल्टनद्वारा तोप बढाइँ चढाएपछि सुरु भएको जात्रामा रथ तान्दै गौशाला, देउपाटन जयवागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिव्रmमा गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि जात्रा सम्पन्न गर्ने परम्परा रहेको जात्राका जानकार राजन महर्जनले बताए । 

रथमा राजप्रतिनिधिका रूपमा हनुमान ढोका दरबारबाट ल्याइएको मल्लकालीन राज खड्ग राखिने परम्परा रहेको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : १४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन