राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै « Khabarhub

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५ अर्ब रुपैयाँ बराबरको ६ महिने निक्षेप संकलन गर्नका लागि बोलकबोल आह्वान गरेको छ ।

बैंकले १७५ दिनको अवधिका लागि यो निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको हो । यसका लागि आजै दिउँसो ३ बजेसम्म बोलकबोल खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचना अनुसार यो बोलकबोल प्रक्रिया पूर्ण रूपमा अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र सञ्चालन गरिनेछ । यस उपकरणको निष्कासन पनि आजै अर्थात् २०८३ भदौ ५ गते नै गरिनेछ भने यसको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ ।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ुकु, ुखु र ुगु वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा सहभागी हुन चाहने योग्य संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (८५ अर्ब रुपैयाँ) सम्म बोलकबोल गर्न सक्नेछन् ।

सूचनाअनुसार बोलकबोलमा सहभागी हुने संस्थाहरूले निक्षेपबापत जम्मा गर्न चाहेको रकम र आफूले प्रस्ताव गरेको ब्याजदर (दशमलव पछाडिको हकमा चार अंकसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकता दिइनेछ र सोही क्रममा रकम क्रमशः बाँडफाँड गरिनेछ। यदि समान ब्याजदर प्रस्ताव गरिएका बोलपत्रहरूको कुल रकम निष्कासन गर्न लागिएको सीमाभन्दा बढी भएमा प्रो-राटा बेसिसमा बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

यसका साथै, आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभाग वा खुला बजार कारोबार संचालन समितिलाई रहने जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ११ : ०७ बजे

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ