नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै « Khabarhub

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपुर– कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले करिब पाँच करोड रुपैयाँ अनुदान वितरण गर्नेगरी कृषकसमक्ष प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

कार्यालयले विभिन्न १० शीर्षकमा जिल्लाका कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार आर्थिक वर्ष २०८३–८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार चार करोड ७७ लाख ५० हजार बराबरको अनुदान वितरण गर्न लागिएको हो ।

वितरण गर्ने अनुदानका लागि जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले असोज १३ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने उनको भनाइ छ । कार्यालयले ९५ हेक्टर क्षेत्रफलमा समुदायस्तरमा प्रशोधनयोग्य/खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि एक करोड २३ लाख ५० हजार अनुदान वितरण गर्ने उनले जानकारी दिए ।

फलफूल बगैँचा सुदृढीकरण तथा क्षेत्रफल विस्तार कार्यक्रमका लागि कार्यालयले ३५ लाख बजेट विनियोजन गरेको छ । जिल्लाको ५० हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि ५० लाख, १४० हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन प्रवर्द्धनका लागि एक करोड ४० लाख, तेलहन तथा दलहन बाली प्रवर्द्धन कार्यक्रमका लागि ५० लाख, ६ हेक्टर क्षेत्रफलमा आत्मनिर्भरताको लिग बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि नौ लाख, लोकमार्ग तथा करिडोर केन्द्रित कृषि उत्पादन एवम् प्रवर्द्धन कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको कार्यालय प्रमुख सिलवालले बताए ।

रैथाने तथा स्थानीय बाली विकास कार्यक्रमका लागि १५ लाख, निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन कार्यक्रमका लागि २० लाख, प्राङ्गारिक कृषि प्रवर्द्धन (सङ्घीय सशर्त) कार्यक्रमका लागि १५ लाख अनुदान दिइने गरी प्रस्ताव आह्वान गरिएको उनले बताए । कार्यालयले प्राङ्गारिक कृषि प्रवर्द्धन (सङ्घीय सशर्त) कार्यक्रमका लागि ५० देखि ८५ प्रतिशत अनुदान तथा आत्मनिर्भरताको लागि बीउ उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि ५० देखि ७५ प्रतिशत अनुदान वितरण गर्ने उल्लेख गर्दै अन्य आठ वटा शीर्षकमा कार्यालयले ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गर्ने कार्यालय प्रमुख सिलवालले जानकारी दिए ।

कार्यालयले अनुदान वितरणका लागि मापदण्ड र कार्यविधि तयार पारेको भन्दै सोही परिधिभित्र रहेर अनुदान वितरण गरिने सिलवालले बताए । अनुदानका लागि प्रस्ताव पेस गर्दा तोकिएको ढाँचामा प्रस्ताव फारम भर्नुपर्ने, कृषि फर्म, कम्पनी, कृषक समूह वा कृषि सहकारी संस्थाको हकमा दर्ता प्रमाणपत्र तथा पानको प्रतिलिपि एवम् नवीकरण प्रमाणपत्रको प्रतिलिपि र अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

कृषक समूह वा कृषि सहकारी संस्थाको हकमा कार्यक्रममा आवेदन पेस गर्नेसम्बन्धी निर्णय प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीको लालपुर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए मापदण्डमा उल्लेख भएअनुसार समयावधि भएको जग्गा करारनामा सम्झौताको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको कृषि शाखा वा कार्यक्रम सञ्चालन हुने थानको वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्ने वरिष्ठ कृषि विकास अधिकृत सिलवालले बताए । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : २८ बजे

कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै काभ्रे

बनेपा– काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार,

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

ढाका– बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर

एमालेले तय गर्‍यो केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा

एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ?

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ

दोलखा कांग्रेसको वडा अधिवेशन : ७१ वडामा सम्पन्न, ३ वडाको बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४